त्रिवि मैदानमा देखिएको क्रिकेट क्रेज (तस्बिरहरू) – Nepal Press

त्रिवि मैदानमा देखिएको क्रिकेट क्रेज (तस्बिरहरू)

काठमाडौं । टी-२० विश्वकप क्वालिफायर छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेल जारी छ । फाइनल म्याच हेर्न त्रिवि क्रिकेट मैदानमा घरेलु दर्शक उर्लिएका छन् ।

आज बिहानैदेखि त्रिवि मैदानमा क्रिकेट समर्थकहरू जम्मा हुन थालेका थिए । क्रिकेट संघले अनलाइनबाट टिकट बेचेको छ । तर,  टिकट नपाएकाहरु दर्शकहरू जहाँबाट सम्भव हुन्छ त्यहीँबाट खेलको मज्जा लिइरहेका छन् । समर्थकहरूले नेपाली खेलाडीलाई उत्साह थपिरहेका छन् ।

वरिपरि दर्शकको साथले खेलाडीहरूलाई थप ऊर्जा मिलिरहेको छ । नेपालको प्रत्येक रनमा हुटिङ गरिरहेका दर्शकको कोलाहलले मैदान गुञ्जिएको छ ।

टी-२० विश्वकपमा स्थान बनाएका नेपाल र ओमान आज च्याम्पियन बन्नका लागि प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर