एनआरएनको स्वास्थ्य टोली जाजरकोटमा, प्रधानमन्त्री राहत कोषमा १० लाख जम्मा – Nepal Press

एनआरएनको स्वास्थ्य टोली जाजरकोटमा, प्रधानमन्त्री राहत कोषमा १० लाख जम्मा

काठमाडौं । गैर आवासीय नेपाली संघले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन सुरु गरेको छ ।

अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले एक स्वास्थ्य टोली भूकम्पग्रस्त क्षेत्र जाजरकोट र पूर्वी रुकुम पठाउने निर्णय गरेको छ । टोली शनिवार नै त्यसतर्फ गइसकेको छ ।

यस्तै तत्कालका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । भूकम्प प्रभावित ४०० परिवारलाई टेन्ट, लत्ता कपडा तथा खाद्य सामग्रीको प्याकेज प्रत्येक पीडित परिवारलाई वितरण गरिँदै छ ।

बैठकबाट उपस्थित पदाधिकारीहरूबाटै ३० लाख आर्थिक सहयोगको प्रतिबद्धता जुटेको जानकारी कोषाध्यक्ष सुदन थापाले दिए ।

यस भूकम्प राहत सहयोगको सम्पूर्ण नेतृत्व संघका अध्यक्ष डा. बद्री केसीले गर्ने र सामग्री व्यवस्थापन तथा खरिदको लागि उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षहरु कृष्ण तिमिल्सिना र अभिमन्यु बस्नेत तथा एन आर एन अभियन्ता धर्म राज गिरीसहितको समिति गठन पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर