कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

आज बिहान १० बजे बस्ने बैठकमा जाजरकोटको भूकम्प, कोशी प्रदेश सरकारको अवस्था तथा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने तय भएको छ ।

केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *