कोशीमा सर्वदलीय सरकार बनाउनुपर्ने माधव नेपालको भनाइ (भिडिओ) – Nepal Press

कोशीमा सर्वदलीय सरकार बनाउनुपर्ने माधव नेपालको भनाइ (भिडिओ)

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउनुपर्ने बताएका छन् ।

शनिवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले कोशीमा स्थिरता कायम गर्न सर्वदलीय/सवपक्षीय सरकार बनाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले केन्द्रमा एक प्रकारको गठबन्धन भए पनि कोशी प्रदेशमा भने सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने उल्लेख गरे ।

उनले कुनै एक पक्षलाई निषेध गर्ने वातावरण कोशी प्रदेशमा नरहेको जिकिर गरे । कोशी प्रदेशको नामकरण बारे उठेको विवाद आवश्यक नरहेको बताउँदै उनले जनताको भावनालाई सम्मान गर्न कोशी प्रदेशसभा बैठकले नामकरणको विषय टुङ्ग्याउनुपर्ने धारणा राखे ।

अध्यक्ष नेपालले आममाफी दिने विषयमा सर्वोच्च अदालतको परमादेश उपयुक्त भएको र विगतमा गरिएका गल्ती कमजोरीलाई सच्याएर अघि बढ्न सरकारलाई आग्रह समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर