राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडितलाई दिने – Nepal Press

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नं एक रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राती गएको भूकम्पबाट पीडितको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका हुन् ।

शुक्रवार पौने १२ बजेको समयमा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुगेको छ ।

अध्यक्ष तिमिल्सनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुर्नस्थापनामा जुट्न सबैलाई आग्रह पनि गरेको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *