रिगल प्रकरणपछि ओलीको टिप्पणी- राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेका छन् (भिडिओ) – Nepal Press

रिगल प्रकरणपछि ओलीको टिप्पणी- राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेका छन् (भिडिओ)

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् ।

वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार असंवैधानिक काम गरिरहेकोमा आपत्ति जनाए । रिगललाई आममाफी दिएको प्रसङ्ग केलाउँदै उनले भने, ‘अस्ति मात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्‍यो । तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् ।’

उनले वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको बताए । उनले ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।

‘पढे लेखे पनि त्यसको सदुपयोग गरेनौं भने पढेलेखेको के काम ?’, प्रश्न गर्दै उनले भने, ‘जे छ, त्यसको सदुपयोग गर्न सक्नुपर्छ । होइन भने लोकतान्त्रिक प्रणाली पनि निरर्थक साबित हुन्छ ।’

अध्यक्ष ओलीले कतिपय ठाउँका जनता आतङ्कित बनेको बताए । समाजमा जथाभाबी अराजकता फैलिएको भन्दै उनले भने, ‘कतै ढुंगा हानिएको छ । उफ्रिएका छन् । कसैलाई खुकुरी हानेका छन् । तर सरकार अराजकता मच्चाउने तत्त्वलाई कारबाही गर्न सकिरहेको छैन ।’


प्रतिक्रिया

One thought on “रिगल प्रकरणपछि ओलीको टिप्पणी- राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेका छन् (भिडिओ)

  1. तपाइकाे निर्णय र तत्कालीन राष्ट्रपतिकाे लाहछाप अदालतले दुइ पटकसम्म बदर गर्दा तपाइ पनि लाजै पचाएर बसेकाे हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर