भूकम्प पीडितका नाममा सहयोग गर्दा ठगिनबाट बच्न नेपाल प्रहरीको अनुरोध – Nepal Press

भूकम्प पीडितका नाममा सहयोग गर्दा ठगिनबाट बच्न नेपाल प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले भूकम्प पीडितका नाममा आर्थिक सहयोग गर्दा ठगिनबाट बच्न आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शनिवार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सूचना जारी गर्दै इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्था आधिकारिक हो कि होइन निश्चित गरेर मात्र सहयोग गर्न आग्रह गरेको हो ।

इन्टरनेटबाट हुने ठगी र आर्थिक शोषणबाट जोगिन प्रहरीले आग्रह गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *