कर्णालीका सभामुख र उपसभामुख चढेको स्कारपीओले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते – Nepal Press

कर्णालीका सभामुख र उपसभामुख चढेको स्कारपीओले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते

पोखरा । बागलुङमा कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको स्कारपीओले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।

बागलुङ ढोरपाटन नगरपालिका २ मल्कटिबाङमा भिमगिठे बागलुङबाट बुर्तिबाङतर्फ आउँदै गरेको कर्णाली प्रदेश २-००-१झ ००९३ नं. को स्कारपीओले ग११प ८१५७ नं. को मोटरसाइकललाई ठक्कर दिँदा १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

स्कारपीओमा सवार सबै जना सकुशल रहेको र मोटरसाइकल चालक निसीखोला गाउपालिका २ तल्लो ब्याङग्रीका १८ वर्षीय बिमल खत्री घाइते भएको बागलुङ प्रहरीका प्रहरी जवान प्रकाश पौडेलले जानकारी दिए ।
खत्रीको मुलद्धारमा चोट रहेको उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाईएको प्रहरी जवान पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *