भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार एवं उपचारको योजना बनाउन सिंहदरबारमा बैठक – Nepal Press

भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार एवं उपचारको योजना बनाउन सिंहदरबारमा बैठक

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारको योजना बनाउन सिंहदरबारमा बैठक बसेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा जारी बैठकमा तत्काल राहत, उद्धार र उपचारको योजना बनाउने छ ।

बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य मन्त्रालय, संघीय मामिला, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।

गएराति जाजरकोटमा गएको भूकम्पबाट अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर