भूकम्पको क्षतिबारे दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्रीले भने- सबै सहयोग गर्न तयार छौं – Nepal Press

भूकम्पको क्षतिबारे दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्रीले भने- सबै सहयोग गर्न तयार छौं

रुपन्देही । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राती नेपालमा आएको भूकम्पले गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

उनले भारत सरकार यो पीडामा नेपाली जनतालाई साथ दिन तयार रहेकोर सबै सहयोग गर्न तयार रहेको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर