अपाची ‘आरटीआर १६० भी फोर एफआई’ को विशेष संस्करण नेपालमा आउँदै – Nepal Press

अपाची ‘आरटीआर १६० भी फोर एफआई’ को विशेष संस्करण नेपालमा आउँदै

काठमाडौं । टीभीएस अपाची ‘आरटीआर १६० भी फोर एफआई’ को विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ ।

टीभीएस मोटर्सको नेपालकालागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो ।

आरटीआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भएरहेको कम्पनीले जानाएको छ ।

भी फोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराउने दाबी गरेको छ ।

कम्पनीका अनुसार सेग्मेन्टमै पहिलो पटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर रहेको छ । साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट संगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता अनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन् ।

अपाचेको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर