दलहरुलाई ओलीको आह्वान- निषेधको राजनीति छाडेर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बनौं – Nepal Press

दलहरुलाई ओलीको आह्वान- निषेधको राजनीति छाडेर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको बताएका छन् ।

प्रथम सल्यानटार कृषि प्रदशनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै सबै पार्टीहरुले पुरानो शैली छाड्न आवश्यक भएको बताए ।

उनले भने, ‘निषेधको राजनीति छाड्न जरुरी छ। लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थ्यता रोजेको होइन। हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन। हामीले सामाजिक सद्भाव र एकता रोजेको हौं । म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानामन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु । उहाँले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ ।’

उनले देशलाई पछाडि फर्काउन नसक्ने भन्दै अगाडि बढ्ने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर