बहराइनमाथि सहज जितसँगै ओमान टी-२० विश्वकपमा – Nepal Press

बहराइनमाथि सहज जितसँगै ओमान टी-२० विश्वकपमा

काठमाडौं । ओमानले आगामी वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाएको छ । काठमाडौंमा जारी विश्वकप क्वालिफायरको सेमिफाइनलमा बहराइनमाथि १० विकेटका सहज जितसँगै ओमानले अमेरिका र वेस्ट इन्डिजको टिकट काटेको हो ।

बहराइनले पहिले ब्याटिङ गर्दै ओमानलाई १०७ रनको सामान्य लक्ष्य दिएको थियो । ओमानले विनाविकेट क्षति १४.१ ओभरमा नै लक्ष्य भेट्यो ।

यो जितसँगै ओमान विश्कप क्वालिफायरको फाइनलमा प्रवेश गरेको छ । अहिले जारी नेपाल र यूएईको म्याचको विजेतासँग ओमानले फाइनले खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *