सीएमआर नेपालको अध्यक्षमा अर्याल – Nepal Press

सीएमआर नेपालको अध्यक्षमा अर्याल

काठमाडौं । सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको अध्यक्षमा दीपक अर्याल चयन भएका छन् । सीएमआर नेपालको ११औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

सीएमआर नेपालको उपाध्यक्षमा श्रुति श्रेष्ठ, सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा हिमेशरत्न बज्राचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता कार्की, कञ्चन अधिकारी र अनिता शाह चयन भएका छन् ।

साधारणसभामा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले अझै पनि पत्रकारितालाई सही ढङ्गले बुझ्न नसकेको भन्दै विषयगत र प्रविधिक रुपले दक्ष जनशक्ति तयार पार्न काउन्सिल विश्वविद्यलाय र अनुसन्धान केन्द्रहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुनु सराहनीय कार्य भएको उल्लेख गर्दै मिडिया साक्षरतालाई अघि बढाउन सुझाव दिए ।

महासंघका सचिव पवन आचार्यले पत्रकारहरुका लागि समय सापेक्ष विशिष्टकृत तालिम आवश्यक रहेको बताए ।

नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक डा. हरि ढुङ्गानाले वर्तमान समयमा पत्रकारिता क्षेत्रमा धेरै चुनौती देखापरेको उल्लेख गर्दै नयाँ प्रविधिलाई विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए ।

सीएमआर नेपालका नवनिर्वाचित अध्यक्ष अर्यालले आगामी दिनमा सेन्टरले मिडियाका नीतिगत, व्यवहारिक र नयाँ नयाँ प्रविधिले गर्दा आएका विविध मुद्दामा अध्ययन अनुसन्धान गर्नुका साथै मिडियासम्बन्धी बहसलाई अघि बढाउने बताए ।

सीएमआर नेपालकी निर्तमान अध्यक्ष तृष्णा आचार्यले आफ्नो नेतृत्वको कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *