कांग्रेसलाई विष्णुको कटाक्ष- जनयुद्ध दिवसमा सम्बोधन गर्न जान दौरासुरुवाल ठिकठाक गर्दै हुनुहुन्छ होला – Nepal Press

कांग्रेसलाई विष्णुको कटाक्ष- जनयुद्ध दिवसमा सम्बोधन गर्न जान दौरासुरुवाल ठिकठाक गर्दै हुनुहुन्छ होला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ नेपाली कांग्रेसतर्फ कटाक्ष गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संवाद सहमति र सहकार्यको पक्षमा रहेको बताएपछि त्यसको जवाफ फर्काउँदै कटाक्ष गरेका हुन् ।

उनले भने, ‘संवाद, सहमति र सहकार्यको प्रसङ्ग उठेको छ । प्रतिपक्षलाई बोल्न नदिएर, जायज आवाजलाई दमन गरेर, सदनका काम कारबाहीलाई लामो समयसम्म अवरोध गरेर सरकार जसरी चलिरहेको छ यही हो संवाद, सहमति र सहकार्यको नमूना ? यदि हो भने यस्तो जनता र हामीले चाहेका होइनौँ ।’

कांग्रेसले जनयुद्ध दिवसलाई स्वीकारेर बनेको सत्ताको सुन्दर सहकार्य आफूहरूले देखेको भन्दै कटाक्ष गरे ।

उनले कटाक्ष गर्दै भने, ‘जनयुद्धलाई राष्ट्रिय दिवस मानेर यो गठबन्धन बनिराख्या छ। चलिरहेको छ। यो भन्दा सुन्दर सहकार्य के हुनसक्छ ? कांग्रेस अंकगणितको हिसाबले संसद्को सबैभन्दा ठूलो दल पनि हो । जनयुद्ध मानेर त्यस दलको नेतृत्वमा । सायद फागुन १ गते जनयुद्ध दिवसमा सम्बोधन गर्न जानको लागि कांग्रेसका सांसदहरू पनि दौरासुरुवाल सिलाएर ठिकठाक पर्दै हुनुहुन्छ होला। तेस्रो दलको नेतृत्वमा सरकार छ जनयुद्ध दिवस मानेर पनि तपाईंहरु सहमति, सहकार्यमा हुनुहुन्छ।’

उनले हिंसा आरम्भ गरेको दिन भएकाले फागुन १ गतेलाई दिवस मान्न नसकिने बताए । उनले जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आउन चुनौती समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर