नेपालले गुमायो पहिलो विकेट, आसिफ ५ रनमै आउट – Nepal Press

नेपालले गुमायो पहिलो विकेट, आसिफ ५ रनमै आउट

काठमाडौं । टी २० विश्वकप क्वालिफायर अन्तरगत ओमानविरुद्धको म्याचमा नेपालले खराब सुरुवात गरेको छ । ओपनर आसिफ शेख ५ रनमा आउट भएका छन् ।

तेस्रो ओभरको पहिलो बलमा बिलाल खानले आसिफलाई आफ्नै बलमा उत्कृष्ट क्याच लिए । अघिल्लो ओभरको अन्तिम बलमा छक्का हान्ने प्रयास गर्दा क्याच ड्रप भएर आसिफले जीवनदान पाएका थिए । तर, यसलाई उनले सदुपयोग गर्न सकेनन् ।

नेपालले १३ बलमा पहिलो विकेट गुमाएको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्न सोमपाल कामीलाई पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर