शेखर कोइराला भन्छन्- कोशीको अभ्यासले पार्टीभित्र अझै विवाद छ, हेरौं कसरी जान्छ – Nepal Press

शेखर कोइराला भन्छन्- कोशीको अभ्यासले पार्टीभित्र अझै विवाद छ, हेरौं कसरी जान्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीमा नयाँ अभ्यास गर्दा देखिएको विवाद अझै रहेको बताएका छन्। यद्यपी, यसबारे पार्टी सभापति शेरबहादुुर देउवासहित नेताहरुसँग संवाद भइरहेको बताए ।

कांग्रेस कास्की क्षेत्र नम्बर १ को सम्मेलन उद्घाटन गर्दै उनले भने, ‘सात वटा प्रदेशमा ४ वटामा कांग्रेसको मुख्यमन्त्री छ । सभापतिलगायत पार्टीका शीर्ष नेताहरु प्रचण्डजीकहाँ गएर हामीलाई कांग्रेसको यो व्यक्ति चाहियो। होइन भने तपाईंहरु लिनुस् भन्ने अधिकार उहाँहरुलाई छैन । मैले त्यसको विरोध गरेको हो ।’

उनले केन्द्र र प्रदेशमा कुनै सत्ता गठबन्धन परिवर्तन नहुने प्रष्ट्याए ।

उनले भने, ‘जसरी सिद्धान्तहीन राजनीति अगाडि बढ्छ त्यो कुरा कसैले स्वीकार्दैन । कोशीमा नयाँ अभ्यास गरिएको छौं । हेरौं कसरी अगाडि जान्छ। यसलाई अब कसरी लाने भन्नेकुरा अझै पनि विवाद, संवाद सबै चल्दैछ । सभापतिसँग मेरो ठ्याकठुक पटक्कै भएको छैन। अस्तिपनि भेटेको हो कुरा भइरहेको छ ।’

कांग्रेस एकढिक्का भएर जानसके कसैले हराउन नसक्ने बताए । उनले कांग्रेसलाई एमाले माओवादीले नभएर कांग्रेसभित्रकै नेताहरुले हराइरहेको बताए । उनले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्डले कसका विरुद्ध सडक आन्दोलनमा जान खोजेको भन्दै प्रश्न गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर