आरोहण अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्न जरुरी : राष्ट्रपति (भिडिओ) – Nepal Press

आरोहण अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्न जरुरी : राष्ट्रपति (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवर्द्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताएका छन् ।

पर्वतारोहण संघको ५० औँ वार्षिकोत्सव समारोहमा बुधवार उनले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवर्द्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने बताए ।

उनले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा गरे ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

उनले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर