गायक चक्र बमसहितका ९ जना ४ दिनदेखि प्रहरी थुनामा, जुवा खेलिरहेको अवस्थामा परेका थिए पक्राउ – Nepal Press

गायक चक्र बमसहितका ९ जना ४ दिनदेखि प्रहरी थुनामा, जुवा खेलिरहेको अवस्थामा परेका थिए पक्राउ

कैलाली । पछिल्लो समय युवा माझ चर्चा बटुलिरहेका गायक चक्र बम विगत चार दिनदेखि प्रहरी थुनामा रहेको खुलेको छ ।

मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले उनीसहित ९ जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट पक्राउ पर्नेहरूमा बमसहित गणेश बिष्ट,नरेन्द्र बिष्ट,सुर्पमान स्याङ्तान,रोशन सिंह,शंकर प्रसाद आचार्य,टाइम मगर,सुरेन्द्र साउद र घनश्याम अधिकारी रहेका छन्

जुवा खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँका प्रवक्ता कुमोद ढुङ्गेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *