कैदीबन्दीको मानव अधिकार हनन हुन नदिन संसदीय समितिको सरकारलाई निर्देशन – Nepal Press

कैदीबन्दीको मानव अधिकार हनन हुन नदिन संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं । कैदीबन्दी र थुनुवाको मानव अधिकार उल्लङ्घन हुन नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको मङ्गलवार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, मन्त्रालयका सचिव सुमनराज अर्याल र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई बैठकमा बोलाएर बाल सुधार गृह र कारागारको अवस्थाबारे छलफल गरिसकेपछि समितिले यस्तो निर्देशन दिएको समितिका सभापति विमला सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो समय बाल सुधार गृहमा भइरहेका घटनाले बालबालिका लगायतका व्यक्ति र कारागारमा रहेका कैदी र थुनुवाको मानव अधिकार उल्लङ्घन र त्यसको दुरुत्साहन भएका घटनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयलाई आवश्यक कार्य गर्न समितिले निर्देशन दिएको हो ।

बैठकमा सहभागी सांसदले बाल सुधार गृह र कारागारमा आधारभूत आवश्यकताको समेत अभाव रहेको भन्दै सरकारलाई प्रश्न गरेपछि समितिले सरकारलाई मानव अधिकार उल्लङ्घन हुन नदिन निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *