माध्यमिक तह शिक्षकको सबै परीक्षामा उत्तीर्ण ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिस – Nepal Press

माध्यमिक तह शिक्षकको सबै परीक्षामा उत्तीर्ण ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिस

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षकका लागि सबै तहको परीक्षामा उत्तीर्ण ७१८ शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगका अनुसार आयोगले अन्तर्वार्ता परीक्षा उत्तीर्ण गरेका उम्मेदवारको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको छ ।

आयोगले माध्यमिक तहको शिक्षक पदको लागि २०७९ पुस २५ गते विज्ञापन खुला गरेको थियो । विज्ञापन अनुसार २०७९ चैत १८ मा सामान्य परीक्षा र २०८० असार नौ गते विषयगत परीक्षामा सफल उम्मेदवारको गत असोजमा अन्तरवार्ता सञ्चालन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर