हिमाल जोगाउन जनसांस्कृतिक महासङ्घ ताप्लेजुङको अभियान सम्पन्न – Nepal Press

हिमाल जोगाउन जनसांस्कृतिक महासङ्घ ताप्लेजुङको अभियान सम्पन्न

विराटनगर । जलवायु परिवर्तनले पारिरहेको प्रभावका बारेमा सबैलाई जानकारी दिने उद्देश्यले प्रकृति जोगाऔँ अर्को पुस्तालाई पनि हिमाल देखाँउ अभियान सम्पन्न भएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ जिल्ला कमिटी ताप्लेजुङको आयोजनामा कञ्चनजङ्घा बेसक्याममा कार्यक्रम समापन गरिएको हो । जलवायु परिवर्तनको असरका बारेमा ध्यानाकर्षण गराउन ४८ सय मिटर उचाइमा रहेको कञ्चनजङ्घा बेसक्याम्पमा कार्यक्रमको आयोजना गरिएको महासङ्घका ताप्लेजुङ अध्यक्ष हेमराज निरौलाले बताए ।

कार्यक्रममा सहभागी हुन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो नेकपा एमाले ताप्लेजुङ उपसचिव तथा आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङका अध्यक्ष दिपेन पोमुसमेत बेसक्याम्पमा पुगेका थिए ।

समापन कार्यक्रममा मेन्याङ्वोले जलवायु परिवर्तनले हिमालमा पारेको असर प्रति चिन्तित भएको बताए । उनले आफ्नो तहबाट जलवायु परिवर्तनको असर सम्बन्धमा पहल गर्ने बताए ।

कञ्चनजङ्घा आधार शिविर पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भएकाले कंचनजङ्गा क्षेत्रमा पूर्वाधार र टेलिफोनको लागि विशेष पहल गर्ने बताए । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष समेत रहेका दिपेन पोमुले जलवायु परिवर्तनका कारण कञ्चनजङ्घा हिमालमा हिउँ कम पर्न थालेको बताए । उनले सबैको हातेमालोमा मात्रै हिमाल जोगाउन सकिने र अर्को पुस्तालाई हिमाल देखाउन सकिने बताए ।

सांस्कृतिक महासङ्घ ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले महासङ्घले जलवायु परिवर्तन रोक्नका लागि सास्कृतीक अभियान सञ्चालन गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *