गाँजा फाँड्न पुनः गाउँ पुग्यो मकवानपुर प्रहरी, एकै दिन ६१ बिघा गाँजाखेती फडानी – Nepal Press

गाँजा फाँड्न पुनः गाउँ पुग्यो मकवानपुर प्रहरी, एकै दिन ६१ बिघा गाँजाखेती फडानी

हेटौँडा । मकवानपुर प्रहरीले दशैं पछाडी गाँजा फडानीको अभियानलाई तीब्र बनाउने संकेत गरेको छ । दशैंको सकिए लगतै प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका पुगेर एकै दिन ६१ बिघा गाँजा फडानी गरेको छ ।

प्रहरीले राक्सीराङ गाउँपालिका वडा नंबर ९ रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ बिघा, राक्सिराङ ४ जयसिंङताल, यतिखोला क्षेत्रमा २७ बिघा तथा गैरीखेत बाजोखेत क्षेत्रमा १९ बिघा गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले दशैं अघि चालु आर्थिक वर्षमा १५ बिघा गाँजाखेती नष्ट गरिसकेको थियो । सामान्यतया पश्चिम मकवानपुरको राक्सिाराङ, कैलाश, उत्तरी मकवानपुरको भीमफेदी तथा थाहा नगरको केही क्षेत्रका किसानहरुले गाँजा लगाउने गरेका छन् ।

भदौ महिनामा बिरुवा लगाउने गाँजा मंसिर पुससम्म तयार हुने गर्दछ । प्रहरीले भदौदेखि मंसिरसम्म गाउँगाउँ पुगेर गाँजा खेतिमा आगो लगाउने, फडानी गर्ने काम प्रत्येक वर्ष गर्ने गरेको छ ।

प्रहरीले सुरु गरेको गाँजा फडानीको स्थानीय नेताहरुले बिरोध गरेका छन् । माओवादी केन्द्रका नेता विरबहादुर लामाले गरिब किसानको मेहनत नष्ट गर्ने काम बन्द गर भन्दै सामजिक सञ्जालमा प्रहरीले गाँजा फडानी गरेको तस्बिर राखेका छन् ।

स्थानीय प्रदिप कालाखेतीले नेपाललाई थप गरिब बनाउने प्रयास भन्दै ब्यङग्य गरेका छन् । स्थानीय जनताको बिरोधबीच मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको टोलीले आज गाँजा फडानी क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

उनीहरुको अवलोकनको समयमा उच्च प्रहरी सतर्कता अपनाइने मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *