मेस्सीले आठौँपटक जिते बालोन डी’आर अवार्ड – Nepal Press

मेस्सीले आठौँपटक जिते बालोन डी’आर अवार्ड

काठमाडौं । विश्व कीर्तिमानी फुटबलर लियोनल मेस्सीले प्रतिष्ठित बालोन डी’आर अवार्ड आठौँपटक जितेका छन्। सोमबार विशेष समारोहबीच विजेताको घोषणा हुँदै मेस्सीलाई यो अवार्ड प्रदान गरिएको छ।

मेस्सीले गत वर्ष विश्वकप उपाधि जितेका थिए भने विश्वकपको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए। उनले युरोपियन वर्ष खेलाडी तथा म्यानचेस्टर सिटीका लागि तीन वटा ट्रफी जिताएका एर्लिङ हालान्डलाई पछाडि पारेका हुन्।

३६ वर्षीय मेस्सी बेलोन डीअरका सर्वाधिक विजेता हुन्। उनीपछि क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोले ५ पटक जितेका छन्। मेस्सीले सन् २००९, २०१०,२०११,२०१२, २०१५,२०१९ र २०२१ मा पनि यो अवार्ड जितेका थिए। उनी हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीबाट व्यावशायीक फुटबल खेलिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर