समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय – Nepal Press

समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले मधेश प्रदेशसभाको समानुपातिक सांसद सञ्जिला कुमारी यादवलाई बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा आज बसेको पार्टीको जसपाको केन्द्रीय कार्यकारिणी बैठकले प्रदेशसभा सदस्यका लागि यादवको नाम टुंगो लगाएको हो ।

जसपाकी समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएको थियो । उनको निधनपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको जसपाका नेता प्रकाश अधिकारीले जानकारी दिए ।

प्रदेशसभा सदस्यका लागि सिफारिस भएकी यादव सिरहाको नरहा गाउँपालिकाकी हुन् । उनी जसपाका संस्थापक सिरहा जिल्ला अध्यक्ष किशोरी यादवको छोरी भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर