मलेसिया ओमानसँग ३२ रनले पराजित – Nepal Press

मलेसिया ओमानसँग ३२ रनले पराजित

काठमाडौं । टी-२० विश्वकपको छनोटअन्तर्गत मलेसिया पहिलो खेलमा पराजित भएको छ ।

सोमबार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गर्‍यो । १५४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रनमात्र जोड्न सक्यो ।

मलेसियाका विरनदिप सिंह एक्लैले अविजित ५७ रन जोडे । अन्यले भने बढीमा १५ रन पनि बनाउन सकेनन् ।

ओमानका बिलाल खान र जिसन मकसुदले २-२ विकेट हात पारे ।

मलेसिया दोस्रो खेलमा मंगलबार नेपालसँग खेल्दैछ । नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर