फिल्म ‘दिमाग खराब’द्वारा क्रिकेट खेलाडीलाई ५० हजारको पुरस्कार घोषणा – Nepal Press

फिल्म ‘दिमाग खराब’द्वारा क्रिकेट खेलाडीलाई ५० हजारको पुरस्कार घोषणा

काठमाडाैं । नेपाली फिल्म ‘दिमाग खराब’ले सोमबारदेखि हुने टी-२० विश्वकप क्रिकेटको एसियाली छनोटमा ‘दिमाग खराब’ म्यान अफ द म्याच’हुने खेलाडीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार घोषणा गरेको छ ।

यस विषयमा आइतबार नेपाल क्रिकेट संघ क्यानसँग सम्झौता भएको हो ।

यस्तै, ‘दिमाग खराब’ सेगमेन्ट अफ द डे हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । यस्तै, नेपाली चलचित्र ‘दिमाग खराब’ले कमाएको नाफाको ५ प्रतिशत रकम क्यानलाई उपलब्ध गराउने पनि सहमति भएको छ ।

फिल्मका निर्माता रौनकविक्रम कडेलले नेपाली खेलाडीलाई हौसला र क्रिकेटको विकासका लागि यस्तो कदम चालेको बताए ।

सोमबारदेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर