राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिवले गरे शिष्टाचार भेट (भिडिओ) – Nepal Press

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिवले गरे शिष्टाचार भेट (भिडिओ)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुईजनाबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका छन् । नेपालको विकास साझेदारको रूपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताउँदै पौडेलले संयुक्त राष्ट्रसंघ तथा यसअन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक आर्थिक विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको सहयोग र योगदानको प्रशंसा गरे ।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए ।

चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेस सोमबार र मंगबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *