नेपालबाट तीन महिनामा पौने अर्बको कुकुरको आहारा ‘डग च्यु’ निर्यात, कुन देशमा कति ? – Nepal Press

नेपालबाट तीन महिनामा पौने अर्बको कुकुरको आहारा ‘डग च्यु’ निर्यात, कुन देशमा कति ?

काठमाडौं । नेपालले तीन महिनामा मात्रै पौने अर्ब बढिको कुकरलाई खुवाइने आहारा ‘डग च्यु’ निर्यात गरेको छ ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोजसम्ममा मात्रै नेपालले ७६ करोड ११ लाख ६ हजार रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको हो । जबकि अघिल्लो दुई महिनासम्ममा मात्रै नेपालबाट ५४ करोड ९८ लाख रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो ।

‘डग च्यु’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पी हो । जसको प्रयोग पश्च्मिा मुलुकहरुमा कुकुर÷बिरालोको आहारका रुपमा गरिन्छ । नेपालबाट अहिले यसको निर्यात बढ्दै गइरहेको छ । जहाँ गत आर्थिक वर्ष २०७९÷०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको निर्यात भएको थियो भने चालू आर्थिक वर्षमा यसमो निर्यात झन बढ्दै गएको देखिन्छ ।

असोज महिनासम्म मात्रै नेपालबाट ३ लाख ७४ हजार ५५३ केजी ‘डग च्यु’ निर्यात भएको छ । जसवाफत नेपालले ७६ करोड ११ लाख ६ हजार रुपैयाँ भित्र्याएको छ ।

तीन महिनामा नेपालबाट सबैभन्दा बढि ६५ करोड ८५ लाख ६० हजार रुपैयाँको कुकुरले मन पराउने आहारा ‘डग च्यु’ निर्यात भएको छ ।

त्यस्तै, नेपालले क्यानडालाई ६ करोड १७ लाख १३ हजार, युकेलाई १ करोड १५ लाख ८७ हजार, कोरीयालाई ७२ लाख ७९ हजार, जापानलाई ४० लाख ३ हजार, हङकङलाई ३९ लाख २ हजार, ताईवानलाई ३८ लाख २३ हजार, नेदरल्याण्ड्सलाई २७ लाख २९ हजार, सिंगापूरलाई १५ लाख ८२ हजार, मलेसीयालाई १४ लाख ७२ हजार, दुबईलाई १२ लाख ७४ हजार, थाइल्याण्डलाई ११ लाख ८३ हजार, फिलिपिन्सलाई ११ लाख, फ्रान्सलाई १ लाख ९५ हजार, चाइनालाई ३ लाख ६७ हजार, न्युजल्याण्डलाई १ लाख ६३ हजार, कतारलाई १ लाख ३४ हजार र इटालीलाई ४० हजार रुपैयाँको ‘डग च्यु’ छुर्पी निर्यात गरेको छ ।

‘डग च्यु’ नामक कुकुर÷बिरोलोको आहाराका रुपमा प्रयोग गरीने छुर्पी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा तथा पूर्वि पहाडी जिल्लाहरुमा उत्पादन गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर