‘अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्चको आदेश र पीडितका मुद्दा सम्बोधन हुने गरी शान्ति प्रक्रिया टुंग्याइनुपर्छ’ (भिडिओ) – Nepal Press

‘अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्चको आदेश र पीडितका मुद्दा सम्बोधन हुने गरी शान्ति प्रक्रिया टुंग्याइनुपर्छ’ (भिडिओ)

हमासको कब्जामा परेका विपीन जोशी लगायतलाई विनासर्त छाड्नुपर्छ : गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रसंघकोको सदैव साथ र सहयोग रहने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटपछि सिंहदरबारमा पत्रकारमाझ उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका मुद्दाहरूको सम्बोधन हुने गरी शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपालले खेलेको भूमिकाको उनले प्रशंसा गरेका छन् ।

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विपीन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धकहरू विनासर्त रिहाई हुनुपर्ने बताए ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय अन्तिम चरणमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघको भूमिकाबारे कुराकानी भएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर