अष्ट्रेलियासँग ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ५ रनले पराजित – Nepal Press

अष्ट्रेलियासँग ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ५ रनले पराजित

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियासँग ५ रनको हार व्यहोरेको छ ।

३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्रै जोड्न सक्यो ।

न्यूजिल्याण्डलाई अन्तिम ओभरमा १९ रन आवश्यक रहेका बेला अष्ट्रेलियाले मिचेल स्टार्कलाई बलिङको जिम्मा दिएको थियो । त्यस अवस्थामा अष्ट्रेलियाले बाउण्डरी नजिक पुगेका दुई वटा बललाई चौका हुनबाट रोकेका थिए । सानदार ब्याटिङ गरेको जेम्स निशान २० औं ओभरको पाँचौं बलमा रन आउट भएपछि न्यूजिल्याण्ड हार नजिक पुगेको थियो । अन्तिम बलमा ६ रन आवश्यक रहेका बेला न्यूजिल्याण्डले रन ल्याउन सकेन ।

जितपछि अष्ट्रेलियाको ६ खेलबाट ८ अंक भएको छ । न्यूजिल्याण्डको पनि ८ अंक रहेको छ भने ५ खेल खेलेको भारत र ६ खेल दक्षिण अफ्रिकाको समान १० अंक रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर