डोटीमा एक शिशुको शव फेला – Nepal Press

डोटीमा एक शिशुको शव फेला

डोटी । डोटीमा एक शिशुको शव फेला परेको छ । शिखर नगरपालिका–६ तिलतालीस्थित सेती नदीमा शिशुको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ बजेतिर वेवारिसे अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए ।

८/९ महिनाको जस्तो देखिने शिशुको शव फेला परेको उनले बताए । शव जिल्ला अस्पताल डोटीमा राखिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर