राष्ट्रपति रामचन्द्र पौडेलले गरे भक्तपुर नवदुर्गा मन्दिरमा पूजाअर्चना (तस्बिर/भिडिओ) – Nepal Press

राष्ट्रपति रामचन्द्र पौडेलले गरे भक्तपुर नवदुर्गा मन्दिरमा पूजाअर्चना (तस्बिर/भिडिओ)

काठमाडौं । बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् । राष्ट्र प्रमुखका रूपमा राष्ट्रपतिले नवदुर्गा भवानीको प्रसाद ग्रहण गरेका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए । नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणासमेत प्रदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *