हामीमाथि उठिरहेको प्रश्नको जवाफ यथोचित ढंगले दिइनेछ : ओली (भिडिओ) – Nepal Press

हामीमाथि उठिरहेको प्रश्नको जवाफ यथोचित ढंगले दिइनेछ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेकोले यसको जवाफ दिइने बताएका छन् ।

कांग्रेस मुख्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुगेका उनले पत्रकारको जिज्ञासामा उनले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउ

ने कोसिन गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’

कार्यक्रममा ओलीसहितका शीर्ष नेता पुगेका थिए ।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायतका नेता पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि पुराना दल र नेताले जवाफ दिने तयारी भएको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि प्रधानमन्त्रीले पत्रकारलाई प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर