संक्रमणकालीन न्यायका विषय टुंग्याउन ढिलो भयो, अब अबेर गर्नुहुन्नँ : माधव नेपाल (भिडिओ) – Nepal Press

संक्रमणकालीन न्यायका विषय टुंग्याउन ढिलो भयो, अब अबेर गर्नुहुन्नँ : माधव नेपाल (भिडिओ)

'हरेक विषयमा सकारात्मक साेच राखेर अघि बढ्नुपर्छ'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सकारात्मक सोच राखेर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदान प्रदान एवम् चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजमा नकारात्मक सोच राख्ने मान्छे पनि हुने गरेको तर आफूहरुले भने सकारात्मक कार्य गरेर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै, १८ वर्षसम्म पुग्दा पनि शान्ति प्रक्रिया, द्वन्द्व व्यवस्थापन तथा संक्रमणकालीन न्यायका कार्यहरुलाई टुंग्याउन ढिलो भएको उनले बताए । ‘यी विषयहरु पहिल्यै टुंग्याउनुपर्ने ढिलो भयाे अब भने धेरै ढिलो गर्नुहुन्न’, उनले भने, ‘कहाँ को-कोबाट कमीकमजोरी भयो त्यसलाई जाँचेर अघि बढ्नुपर्ने अवस्था रहेको छ ।’

उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस नेपाल आउँदा यस्ता विषयमा सकारात्मक सन्देश दिन सक्नुपर्ने आशय व्यक्त गरे ।

फरक प्रसंगमा उनले विभिन्न पार्टीहरुले एक अर्कासँग प्रतिस्पर्धा गर्न सक्ने बताए । सबै पार्टीले आफ्नो कमीकमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर