जनकपुरमा ११ हजार स्क्वायर फिटको राम जानकीकाे मूर्ति अनाजबाट बनाउने तयारी – Nepal Press

जनकपुरमा ११ हजार स्क्वायर फिटको राम जानकीकाे मूर्ति अनाजबाट बनाउने तयारी

जनकपुरधाम । राम जानकी विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने तयारी सुरु गरिएको छ ।

जनकपुरधामका मेयर मनोज साहले राम जानकीको प्रतिमा बनाउने विषयमा विभिन्न निकायका अधिकारीसँग छलफल गरेका हुन् । छलफलपछि उनले अनाजबाट ११ हजार स्क्वायर फिटको राम जानकीको प्रतिमा बनाउने निष्कर्षमा पुगेको बताए ।

उनका अनुसार जनकपुरधामको रंगभुमी मैदान (बारहविघा)मा राम जानकी प्रतिमा निर्माण गरिनेछ । प्रतिमा करिब तीन कट्ठा क्षेत्रफल ओगट्नेछ ।

यसअघि भारतको अयोध्या (भगवान रामको जन्मभूमि)मा ९ हजार स्वाइयर फिटको प्रतिमा बनाइएको थियो । जुन प्रतिमाले विश्व रेकर्ड बन्यो । तर जनकपुरमा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ रेकर्ड बन्ने मेयर साहले बताए ।

प्रतिमा भारत मध्य प्रदेश सतिश गुर्जरले निर्माण गर्नेछन् । उनको टिम जनकपुरधाम आइपुगेको छ ।

यसवर्ष अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी मनाइन्छ । यसवर्ष विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम(जानकीको प्रतिमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर