मुक्त कमैया शिविरमा दसैँ मिलन कार्यक्रम, मुख्यमन्त्रीले भने- बसोबासको उचित व्यवस्था हुन्छ – Nepal Press

मुक्त कमैया शिविरमा दसैँ मिलन कार्यक्रम, मुख्यमन्त्रीले भने- बसोबासको उचित व्यवस्था हुन्छ

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा रहेका मुक्त कमैया बस्ती एकता शिविरमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाह सहितको उपस्थितिमा दसैँ मिलन कार्यक्रम गरिएको छ ।

दसैँ मिलन कार्यक्रमको लागि मुख्यमन्त्री शाह सहित भूमि व्यवस्था कृषि तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी, उद्योग, पर्यटन तथा बन वातावरण मन्त्री रमेश धामी, प्रदेश सरकारका मुख्य न्यायधिबक्ता ठेकेन्द्रराज जोशी, लम्किचुहा नगरपालिकाका मेयर सुशीला शाही लगाएतकाहरु मुक्त कमैया शिविरमा पुगेका थिए ।

जसको कोही छैन, त्यसको हामी छौ समाज नेपालले आयोजना गरेको दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री शाहले मुक्त कमैया शिविरको समस्याबारे जानकारी लिनुका साथै समस्या समाधान गर्न पहल गर्ने समेत प्रतिबद्धता जनाएका हुन् ।

शाहलाई मुक्त कमैया बस्ती एकता शिविरका सुदामा चौधरीले माग पत्र पेश गरेका थिए। मुख्यमन्त्री शाहले मुक्त अहिले सम्म पनि जग्गा प्राप्त गर्न नसकेका र बन तथा सडक छेउछाउमा अव्यवस्थित बसोबास गरि रहेका मुक्त कमैया र सुकुमबासीहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए ।

तीन तहका सरकार र भूमि आयोग सँग समन्वय गरि पुनर्स्थापना गर्न सरकार तयार रहेको मुख्यमन्त्री शाहले बताए । उनले मुक्त कमैयाका बालबालिकाको शिक्षा,स्वास्थ्यको उचित प्रबन्ध गर्ने समेत जानकारी दिए ।

उक्त कार्यक्रम मुक्त कमैया आन्दोलनमा सक्रिय अगुवा २० जनालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष नेत्र भण्डारीले मुलुकको व्यवस्था बदलिदा पनि अवस्था नफेरिएको भन्दै त्यस क्षेत्रमा नागरिकहरूको समस्या सम्बोधन गर्न मुख्यमन्त्रीलाई अपिल गरेका थिए । भण्डारीकै पहलमा मुख्यमन्त्री शाहसहितका अन्य मन्त्रीहरू मुक्त कमैया शिविरमा पुगेर उचित बसोबासको व्यवस्थाको पहल गर्ने बताएर फर्किएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *