एमाले गण्डकीका नवनिर्वाचित पदाधिकारीको शपथ १३ गते, अध्यक्ष ओली पोखरा आउने – Nepal Press

एमाले गण्डकीका नवनिर्वाचित पदाधिकारीको शपथ १३ गते, अध्यक्ष ओली पोखरा आउने

पोखरा । नेकपा एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारीहरुको शपथ ग्रहण कात्तिक १३ गते हुने भएको छ ।

गत भदौ १५ र १६ गते पोखरामा भएको अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारीको शपथ यही सोमबार तय गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सचिव दवाडीले बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

एमाले गण्डकीको प्रथम अधिवेशनबाट नवराज शर्माको नेतृत्वमा प्रदेश कमिटी निर्वाचित भएको थियो । कमिटीको उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवद्वयमा माया अधिकारी र दामबहादुर विक निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर