घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते – Nepal Press

घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते

पोखरा । घाँस काट्ने क्रममा लडेर कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । कलाकार घिमिरे पोखरा नदीपुरमा घाँस काट्ने क्रममा शुक्रबार बिहान लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

‘उहाँको घर नदीपुर रहेछ । घाँस काट्न गएको बेला लड्नु भएको रहेछ । अहिले उपचार भइरहेको छ । अवस्था अल्ली जटिल नै छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले भने ।

घाइते भएका घिमिरेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर