जनकपुरबाट भारतीय किशोरी पेस्तोलसहित पक्राउ – Nepal Press

जनकपुरबाट भारतीय किशोरी पेस्तोलसहित पक्राउ

जनकपुरधाम । जनकपुरधामस्थित रेल्वे स्टेशन नजिकै रहेको हनुमान मन्दिरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यमा पर्ने लकीसराई ग्रामपञ्चायत बडीपोखरी -९ का पप्पु सहनीको १६ वर्षीया नाबालिग छाेरी छन् । उनको साथबाट कटुवा पेस्तोल एक थान, भारतीय कम्पनीको एउटा सिम र केहि नेपाली रुपैयाँ नगद बरामद भएको छ ।

रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरीका डिएसपी खड्क बहादुर शाहीको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच कटुवा पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

उनी पेस्तोल बोकेर नेपाल किन आएको विषयमा केहि खुल्न सकेको छैन् । अनुसन्धान तथा कारबाहीका लागि उनलाई नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्रका डिएसपी शाहीले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “जनकपुरबाट भारतीय किशोरी पेस्तोलसहित पक्राउ

  1. बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ११ को उपदफा (३) बमोजिम कसूरजन्य कार्यको आरोप लागेका वा पीडित बालबालिकाको नाम, थर, उमेर, लिङ्ग वा पारिवारिक पृष्ठभूमि, आर्थिक स्थिति, कसूर वा सो को सम्बन्धमा कुनै पनि विवरण सार्वजनिक गर्न नहुने भन्ने कानुनी व्यवस्था रेल्वे सुरक्षा बेश जनकपुरस्थित सशस्त्र प्रहरी र मिडियाहरुले समेत उलङ्घन गरेेको प्रष्ट देखियो । सम्बन्धित सबैको ध्यान जाओस् । आरोपित बालिका १८ वर्ष पुरा नगरेकाले बालिका हुन् भन्ने ज्ञात होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *