कोशीका मुख्यमन्त्रीले दिए दसैँको शुभकामना, सुशासन कायम गर्न प्रदेश सरकार गतिशील रहेको भनाइ – Nepal Press

कोशीका मुख्यमन्त्रीले दिए दसैँको शुभकामना, सुशासन कायम गर्न प्रदेश सरकार गतिशील रहेको भनाइ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सुशासन कायम गर्न लागेको बताएका छन् ।

विजया दशमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले शान्ति, स्थिरता र समुन्नतिका मार्गमा प्रदेश सरकार गतिशील रहेको बताएका छन् । हजारौं जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त संविधान र त्यसका उपलब्धिलाई संस्थागत र सुदृढ नगरेसम्म समुन्नत नेपालको मार्गमा अघि बढ्न नसक्ने उनको भनाइ छ ।

समुन्नतिका लागि दसैँ पर्वले आपसमा प्रेम, भाइचारा, सहिष्णुता र समन्वयको भावधारालाई अङ्गीकार गर्ने संकल्पसमेत मुख्यमन्त्री कार्कीको छ ।

उनले चाडबाड र हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर