एसीसी यू- १९ प्रिमियर कप फाइनल: कप्तान देव खनालको अर्धशतक पूरा – Nepal Press

एसीसी यू- १९ प्रिमियर कप फाइनल: कप्तान देव खनालको अर्धशतक पूरा

काठमाडौं । एसीसी यू- १९ प्रिमियर कपको फाइनलमा युएईविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन् । ४० बलमा खनालले ५ चौका र १ छक्काको मद्दतले उनले अर्धशतक पूरा गरेका हुन् ।

खनालसँग ओपनर अर्जुन कुमाल ६२ बलमा ४३ रन बनाएर क्रीजमा छन् । नेपाल अहिले बलियो स्थितिमा छ । नेपालले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६ रन बनाएर खेलिरहेको छ ।

यसअघि मलेसियाको बायोमास ओभलमा युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

पहिलो सेमिफाइनलमा डकवर्थ लेविस पद्धतिको आधारमा जापानलाई १ सय ४३ रनले हराउँदै नेपाल र दोस्रो सेमिफाइनल खेलमा डवकर्थ लेविस पद्धतिको आधारमा सिंगापुरलाई १० विकेटले हराउँदै युएई फाइनलमा प्रवेश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर