औद्योगिक क्षेत्र प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला – Nepal Press

औद्योगिक क्षेत्र प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला

काठमाडौं । औद्योगिक क्षेत्र प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुला गर्ने निर्णय गरेको हो ।

औद्योगिक क्षेत्रमा कच्चापदार्थको रुपमा खपत हुने सुपारी, केराउ र मरिचको आयात खुला गरिएको मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालो जानकारी दिए ।

उनका अनुसार उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पूरा गरी चालू आर्थिक वर्षका लागि औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरिच पैठारी गर्न अनुमति दिने निर्णय भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर