डोटीमा जीप दुर्घटना: ६ जना घाइते, चालक फरार – Nepal Press

डोटीमा जीप दुर्घटना: ६ जना घाइते, चालक फरार

डोटी । डोटी जिल्ला सदरमुकाममा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप शुक्रबार दिउँसो सिलगढी नजिक पानीखालमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीपमा सवार १२ जनामध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका-३ का ३२ वर्षीय गम्भीरे खाती गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइईरहेको जिल्ला अस्पताल डोटीका डा. समिक सिंहले जानकारी दिए ।

अन्य घाइतेहरुमा सायल-३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, पूर्वीचौकी गाउँपालिका-२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

चालक फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *