छोराछोरी विदेश भएका आमाबुवाको मर्म समेटेर नबिल बैंकको दशैं भिडियो सार्वजनिक – Nepal Press

छोराछोरी विदेश भएका आमाबुवाको मर्म समेटेर नबिल बैंकको दशैं भिडियो सार्वजनिक

काठमाडौं । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंक लिमिटेडले सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको छ ।

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना, अभिप्रेरित गर्न र समाजिक भावना दर्साउन बैंकले बडादशैंको पूर्वसन्ध्यामा भिडियो सार्वजनिक गरेको हो ।

भिडियो मार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ । भिडियोमार्फत् उच्च शिक्षा पश्चात् आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ ।

साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजिएको छ ।

त्यस्तै, बैंकले शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रमका साथमा बैंकले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

बैंकले हाल देशभरका २६६ शाखा र ३१० एटिएमबाट १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर