बागमतीकाे कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुर लामालाई – Nepal Press

बागमतीकाे कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुर लामालाई

मनहरी । बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिइएको हो ।

लामालाई २०८० कात्तिक ४ गतेदेखि मुख्यमन्त्री जम्कट्टेल नेपाल नआएसम्मको लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई जान लागेको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर