दशैं मान्न गाउँ जानेहरु बाहिरिन थालेसँगै नाकामा बढ्याे सवारी चाप – Nepal Press

दशैं मान्न गाउँ जानेहरु बाहिरिन थालेसँगै नाकामा बढ्याे सवारी चाप

काठमाडौं । बडादशैंका अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरु बढेसंगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधानको चाप बढेको छ ।

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो ।

अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढी छ , यो क्रम फूलपातीसम्म जारी रहने देखिएको छ । घर फर्कनेको पाँच बढेपछि सहज रुपमा सवारी साधन नपाउने, बढि भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगायतका समस्या दिएर सर्वसाधारण आउने गरेको नागरिकता सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरुले बताएका छन् ।

सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरु बसेर बढि भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन् । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु दशैमा घर फर्कने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर