विश्वकप छनोटको दोस्रो चरण पुगेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही ५१ हजार पुरस्कार – Nepal Press

विश्वकप छनोटको दोस्रो चरण पुगेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही ५१ हजार पुरस्कार

काठमाडौं । विश्वकप फुटबलको छनोटमा दोस्रो चरण पुगेको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई जनही ५१ हजार रुपैयाँ दिइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । लाओसलाई हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो ।

पहिलो चरणको होम खेलमा बराबरी खेलेको नेपालले लाओसको मैदानमा मंगलबार साँझ १-० गोलको जीत हात पारेर दोस्रो चरणको यात्रा तय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर