अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस – Nepal Press

अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस

काठमाडौं । पहिलो पटक अमेरिकामा गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो ।

ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा हर्कुलस र अस्मिताले दर्शक नचाउने भएका हुन् । अक्टोबर २१ बाट सुरु हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुनेछ ।

लीभ एट प्रीजेन्टले आयोजना गरेको कार्यक्रमको नाम भने फर्स्ट युएसए म्युजिकल यात्रा राखिएको छ । कार्यक्रममा फुजोन इन्टरनेशनल , कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य रहेको छ ।

कार्यक्रमको लागी आफूहरू निकै उत्साहित रहेको हर्कुलस र अस्मिताले बताएका छन् । अमेरिकामा रहेका नेपाली दाजु भाइ र दिदी बहिनीसँग यस पटकको दसैँ सङ्गीतमय रहने भएकाले पनि आफूहरू एकदमै उत्साहित रहेको उनीहरूको भनाइ छ ।

हर्कुलसको ‘के यो माया हो’ , ‘माया संसार’, ‘जो भन्दा आज’ लगायत गीतहरू चर्चित छन् ।

अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन् । युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्मिताले चलचित्र पार्श्व गायनमा पनि आफूलाई स्थापित गरिरहेकी छिन् । उनको पछिल्लो गीतहरू ‘परेली झिम झिम भो’ , ‘काले केटाले’, आदि लगायतका गीतहरु चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *