केदारको विद्रोहलाई कोशी कांग्रेस संसदीय दलको अनुमोदन, विश्वासको मत दिएर सत्तापक्षकै लहरमा बस्ने – Nepal Press
कोशी प्रदेश

केदारको विद्रोहलाई कोशी कांग्रेस संसदीय दलको अनुमोदन, विश्वासको मत दिएर सत्तापक्षकै लहरमा बस्ने

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । केही बेरअघि बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको मन्त्री शमसेर राईले बताए ।

केन्द्रको परिपत्रअनुसार प्रदेशसभामा सत्ता पक्षको रो मै बस्ने निर्णय भएको पनि राईले नेपाल प्रेसलाई बताए ।

यस्तै उद्धव थापाले दिएको राजीनामा स्वीकृत नगरी अर्को व्यवस्था नभइन्जेलका लागि उनलाई नै दलको नेताको जिम्मेवारी दिइएको छ । थापा केही दिन अघि दलको नेताबाट राजीनामा दिएका थिए ।

कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । दलको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर